‘होली वाइन’ ले लठ्ठिएको कम्युनिस्ट ‘भाइरस’, लिलाम भएको देश र अबको हाम्रो बाटो !

0
205

कोरियाको ‘ट्रु मदर रिपोर्ट’ (True Mother Report) सार्वजनिक भएसँगै एमाले, माओवादी र तिनका शीर्ष नेताहरू (केपी ओली, माधव नेपाल, बाबुराम भट्टराई) ले कसरी विदेशी चर्चको पैसामा ‘होली वाइन’ पिएर देशको धर्म र राजनीति बेचे भन्ने कुरा अब लुकेको छैन। ३२१२ पेजको त्यो गोप्य रिपोर्टले भन्छ— यहाँ चुनाव जित्न र समानुपातिक सांसद बन्न विदेशी चर्चसँग डलरको बार्गेनिङ भएको छ। तर, यो पोस्ट त्यो ‘काण्ड’ भन्दा अलि माथि उठेर हाम्रो ‘विचार’‘अस्तित्व’ माथि भइरहेको प्रहारबारे हो ।

१. कम्युनिजम: नेपालको माटोमा नउम्रिएको ‘विषाक्त तुस’ सुन्दा र सत्य पचाउन धेरैलाई गाह्रो होला— नेपालमा जति पनि कम्युनिस्ट आए, त्यो नेपालले खोजेको र जन्माएको होइन। नेपालमा कम्युनिजम एउटा गहिरो ‘तुस’ (Toxic Grudge) बनेर बसेको छ। हामीलाई नेपालको माटो सुहाउँदो, नेपालकै जराबाट पलाएको सिद्धान्त आवश्यक छ।

त्यसैले पढेका भनाउँदा तर वास्तबमा अशिक्षित नेपालका ‘कमाउ-निष्ट’ (पैसा कमाउने कम्युनिस्ट) वर्ग हो ! एकपटक आफूलाई अझै पनि हिन्दु हुँ भन्छौ भने, सामान्य भएपनि हाम्रा ग्रन्थहरू पढ। हुन त, ‘होली वाइन’ पिएर चोखिएकाहरूलाई हाम्रा पवित्र ग्रन्थहरू मन नपर्न सक्छ।

२. विज्ञान र विचारको फरक नबुझ्ने ‘मन्दबुद्धि’ हरुलाई जवाफ: यो कुरा गर्दा धेरै झोले र तथाकथित बौद्धिकहरूले तर्क गर्छन्— “यदि विदेशी कुरा मन पर्दैन भने न्युटन र पाइथागोरसको सिद्धान्त किन पढ्छौ? बिजुली किन बाल्छौ? त्यो पनि त विदेशी हो !”सुन्नुस्, यो तर्क यहाँ मिल्दैन। किनभने न्युटन, पाइथागोरस वा विज्ञानका सिद्धान्तहरू ‘युनिभर्सल’ (विश्वव्यापी) सत्य हुन्, जुन प्रयोगबाट पुष्टि भएका छन्। गुरुत्वाकर्षण अमेरिकामा पनि त्यही हो, नेपालमा पनि त्यही हो। तर, कम्युनिजम कुनै वैज्ञानिक सिद्धान्त होइन।

यो त १५०-२०० वर्ष पहिले पश्चिमा  देशमा, जहाँ मान्छेले मान्छेलाई पशु जसरी बेच्थे, काला र गोरा बीच चरम विभेद थियो, त्यो दासप्रथा र अत्याचार विरुद्ध समाजशास्त्रीहरूले लेखेको एउटा ‘विचार’ मात्र हो। त्यो समय र त्यो समाजको लागि लेखिएको ‘औषधी’ आजको २१औँ शताब्दीको र फरक भूगोल भएको नेपालमा काम लाग्दैन। सिधा भाषामा भन्दा— नेपालमा कम्युनिजम एउटा ‘म्याद गुज्रेको औषधी’ (Expired Medicine) हो। म्याद गुज्रेको औषधी खाँदा रोग निको हुँदैन, उल्टै ज्यान जान्छ। आज देशको अवस्था त्यही भएको छ।

३. ‘भरत वर्ष (Not only India) ‘ र ‘पढेलेखेका मूर्ख’ हरु: हामी त्यो ‘भरत वर्ष’ का सन्तान हौँ, जहाँ हाम्रा ऋषिमुनि, योगी र गुरुहरूले तपस्या गरेर ब्रह्माण्डको रहस्य पत्ता लगाएका थिए। हाम्रा वेद र पुराणमा जुन विज्ञान छ, त्यो पश्चिमाहरूले कल्पना गर्नुभन्दा हजारौँ वर्ष अगाडि नै लेखिएको थियो। धेरै लाई ‘भरत वर्ष’ भनेको भारत(india) लग्न सक्छ त्यो मात्र होइन ‘भरत वर्ष’ भनेको हिमालयदेखि हिन्द महासागरसम्म फैलिएको, ऋषिमुनिहरूले तपस्या गरेको र वेद रचिएको विशाल वैदिक सभ्यताको भूमि हो, यो जानकारी र अस्तित्वका कुरा Communistको किताब र बाईबलमा छैन |

विडम्बना के छ भने— जसले “म हिन्दु हुँ” भन्छ, दिउसो नेताको गुलामी र रात परेपछि कुखुराको फिला र रक्सिको नसामा रमाउने उस्ले एउटा हनुमान चालिसा सम्म पढेको छैन। हनुमान चालिसा त परको कुरा, गायत्री मन्त्र सम्म उच्चारण गर्न आउँदैन। अनि त्यही पश्चिमको शिक्षा लिएर “म पढेको मान्छे, म मास्टर, म इन्जिनियर , म डाक्टर” भन्दै समाजमा ‘कम्युनिजमको भाइरस’ फैलाएर हिँडेको छ। यी ‘पढेलेखेका मूर्ख’ हरुले बुझून्— तिमीले बोक्ने झोलाको सिद्धान्त विज्ञान होइन, एउटा असफल प्रयोग को किताब मात्र हो।

४. धर्म ‘अफिम’ होइन, ‘अस्तित्व’ हो: मार्क्सवाद घोकेकाहरूले धर्मलाई ‘अफिम’ (Opium) को संज्ञा दिन्छन्। तर म भन्छु— धर्म अफिम होइन, यो ‘अस्तित्व’ (Existence) हो। आफ्नो अस्तित्व रक्षाका लागि मानिसले घाँटी दिन पनि तयार हुन्छन् र लिन पनि। विश्वास लाग्दैन भने मध्यपूर्व (Middle East) का मुस्लिम देशहरू हेरे हुन्छ, जहाँ धर्म र अस्तित्वका लागि मानिसहरू के गर्न तयार छन्। हामी चाहन्छौँ, नेपालमा त्यो भयावह अवस्था कहिल्यै नआओस्। तर यसरी नै पैसाको प्रलोभनमा धर्म मासिँदै गयो भने, भोलि हाम्रो पहिचान कहाँ रहला? देश नै बेचेर सेता टावर खडा गर्ने र नेपालको भुमिमा प्वाल मात्रै पार्ने विकास चाहिएको होइन , नेपालको पहिचान र अस्तित्व सहित पनि विकास हुन्छ राजा महेन्द्रले पनि आफ्नो समयमा उपलब्ध श्रोत साधन टेक्नोलोजी अनुरुपका बाटा घाटा बनाएका थिए हाम्रै अगाडी छन् कुनै होलि वाईन नखाई .

५. अबको विकल्प: अन्धभक्त नबनौँ ! अहिले उदाएको नयाँ शक्ति ,नयाँ दलहरू परिवर्तनको आशा हुन् 100% विश्वास भने होइनन् , त्यसलाई आज नै  ‘विदेशी दलाल’ भन्नु गलत हो। पुरानाले के गरे के भयो सबै छर्लङ्ग छ , अब नयाँलाई समर्थन गर्नुपर्छ, तर अन्धो भएर होइन। नयाँ दलमा पनि  केहि खराब नियत भएका र तुच्छ मानसिकता भएका मान्छे हुन सक्छन् र छन्  पनि । त्यसैले खबरदारी सहितको भोट हाल्नुपर्छ।

हाम्रो स्पष्ट बटमलाइन : हामीलाई ‘प्रजातन्त्र’ (जहाँ प्रजा/रैती हुन्छन्) त्यो होइन, “नेपालमा हिन्दुराज्य र राजालाई समट्ने उन्नत लोकतन्त्र  आवश्यक छ।

यदि नयाँ पार्टीहरूले यो मुद्दामा आफ्नो स्पष्ट धारणा राख्दैनन् र केवल गोलमटोल कुरा गर्छन् भने, नेपाल फेरि पनि विदेशीको ‘राजनीतिक प्रयोगशाला’ मात्र बन्नेछ।

अन्त्यमा, एउटा कुरा याद राख्नुहोला: हेर्दै जानुहोला, यी ‘दलाल’ र ‘कमाउ-निष्ट’ भन्नेहरू भोलि आफूमाथि संकट आइपर्ने संकेत देख्नासाथ फेरि एकै ठाउँमा उभिनेछन्। यिनीहरूको सिद्धान्त भनेकै सत्ता र पैसा हो। होली वाइन पिएर चोखिएकाहरूलाई मेरो यो कुरा तितो लाग्न सक्छ। तर सत्य यही हो। समयमै सचेत बनौँ। जसले धर्म बेच्यो, उसलाई चिनौँ। भोट हाल्दा आफ्नो उम्मेदवारलाई प्रश्न सोधौँ — “तिमी मेरो देशको माटो , धर्म, संस्कृति जोगाउन तयार छौ कि छैनौ? सक्छौ ? “

#NepalElection #SaveNepal #SanatanDharma #HolyWineScandal #WakeUpNepal

जय नेपाल ! (कुनै पार्टीको नारा होइन, मेरो देशको जय नेपाल) जय देश ! जय सनातन ! 🇳🇵🙏

स्रोत: News Tapa (Korea) – True Mother Report Analysis लेखन: सागर पोखरेल (Sagar Pokharel)

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here